आइएमई लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारणसभा सम्पन्न

१०.५२% लाभांश अनुमोदन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको कुल १०.५२६३२ प्रतिशतले हुन आउने ५२ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) अनुमोदन गरेको छ ।

साधारण सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारितगरेको छ ।

साधारण सभाले गत आर्थिक वर्षमा कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गरेको छ । साधारण सभा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको हो ।