आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीले ओम कपन डेन्टलमा ५०% छुट पाउने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम कपन डेन्टलमा स्केलिङमा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । अन्य सेवामा )चेकअप तथा उपचार सेवा) २५ प्रतिशत छुट दिने भएको छ ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।