काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी (डिसीईओ) मा दिप बहादुर बिसी नियुक्त भएका छन ।
कम्पनीको सञ्चालक समितिको असार १ गते बसेको बैठकले बिसीलाई नायब प्रमुख कार्यकारी पदमा पदोन्नती गरेको हो ।
उनले एशिया ई युनिभर्सिटीबाट स्नातकोतर तहको उपाधी हासिल गरेका छन । साथै, द इन्स्टिच्युट अफ चार्टर्ड अकाउण्टेण्ट अफ नेपालबाट चार्टर्ड अकाउण्टेन्सी इन्टरमेडिएटको शिक्षा पनि पुरा गरेका छन् ।