सागर डिष्टिलरीले मंसिर १५ गते साधारण सभा बोलायो

प्रिमियममा आइपीओ जारी गर्ने

काठमाडौं ।सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ ।

साधारण सभा मंसिर १५ गते यस कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले सर्वसाधारणलाई प्रिमियममा आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ ।

त्यसका लागि कम्पनीको प्रबन्धपत्र संशोधन गर्न र आइपीओ निष्कासन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।