जेठ २२ गतेदेखि हिमाल दोलखा हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले जेठ २२ गतेदेखि ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

यसले १ः०.७ प्रतिशत अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

यस हकप्रद सेयरको लागि यसले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख २६ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले असार १० गतेसम्म आवेदन दिन सक्नेछन् । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता उच्च जोखिममा रहेको संकेत गर्दछ । कम्पनीको हकप्रद सेयरमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा लक्ष्मी क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाख कार्या

लयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।