काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा कम्पनी ८ लाख २८ हजार रुपैयाँ घाटामा थियो ।
यसको विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ । ५९ करोड ७६ लाख रुपैयाँ रहेको उक्त आम्दानी अहिले बढेर ६५ करोड ७४ लाख पुगेको छ ।
यता, वित्तीय खर्च ४२ करोड ३२ लाखबाट घटेर ३२ करोड १८ लाख कायम भएको छ । आम्दानी बढ्दा र खर्च कम हुँदा नाफामा सुधार आएको हो ।
१ अर्ब ५९ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निंङ ३७ करोड ६६ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ४।२७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ७७.४१ रुपैयाँ छ ।