बेष्ट फाइनान्सको वार्षिक साधारण सभा आज

काठमाडौ । बेष्ट फाइनान्सको वार्षिक साधारण सभा आज (असार १८ गते) बस्दैछ । साधारण सभामा अन्य कम्पनीसँग गाभ्ने, गाभिने अथवा प्राप्ति सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

यस्तै, आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।

आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा गर्न कम्पनीले जेठ २५ गते बुक क्लोज गरिसकेको छ ।

तसर्थ, जेठ २४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।