काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा मंसिर २८ गते गर्ने भएको छ ।
कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजे शुरु हुने जनाएको हो ।
वार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले साधारण सभा प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ ।
यस बुक क्लोजको आधारमा मंसिर १२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
साधारण सभाले सञ्चालक समिति चयन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले संस्थापकबाट तीन र सर्वसाधारणबाट अर्को तीनजना नयाँ सञ्चालकको चयन गर्ने प्रस्ताव गर्ने जनाएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ ।
त्यस्तै, साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक पनि निर्धारण गर्नेछ ।