काठमाडौं । सिटिजन्स बैंकको नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री गलेश्वर आश्रम देवघाटधामलाई सहयोग गरेको छ । आश्रमलाई बैंकले दुई चरणमा गरी जम्मा ५ लाख रकम हस्तान्तरण गरेको हो ।
बैंकलाई संस्कृत गुरुकुल भवन निर्माणको सहयोगार्थ यसअघि ३ लाख रुपैयाँ दिइसकेको थियो । अहिले भवन निर्माणको कार्य प्रगतिको निरीक्षण पश्चात् बाँकी २ लाख रुपैयाँ उपलब्ध गराएको बैंकले जनाएको छ ।
तनहुँको देवघाट स्थित संस्कृत गुरुकुल मार्फत देशभरिका विद्यार्थीहरुलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको छ ।साथै, सिटिजन्स बैंकको सम्सी शाखाले श्री जनता माध्यमिक विद्यालय, सम्सी प्रवाह महोत्तरीका कक्षा एकका करिब १ सय विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत झोला वितरण गरेको छ ।
उक्त विद्यालयमा अधिकांश विद्यार्थीहरु मुस्लिम र दलित समुदायबाट र कमजोर आर्थिक अवस्था भएको बैंकले जनाएको छ । उक्त सहयोगले उनीहरुको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।






























