काठमाडौं । ख वर्गका विकास बैंकहरूले २०८० साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । महालक्ष्मी विकास बैंक लि।ले बचतमा ३.२८ देखि ७.५० प्रतिशत, व्यक्तिगत मुद्दति निक्षेपमा ११.१० प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.१० प्रतिशत ब्याज दिने जनाएको छ ।
बैंकको आधारदर ११.९७ प्रतिशत छ । बैंकबाट कर्जा लिँदा आधार दरमा बढीमा ५ प्रतिशत प्रिमियम थपिने भएको छ ।
यो बैंकबाट १ देखि ५ वर्षका लागि होम लोन लिँदा १३.९९, ५ देखि १० वर्षका लागि १४.९९, १० वर्षभन्दा बढी अवधिका लागि १५.९९ प्रतिशत ब्याज लाग्नेछ । अटो लोन १ देखि ५ वर्षका लागि १३.९९, ५ देखि १० वर्षका लागि १४.९९ ब्याज लाग्नेछ ।
यस्तै कामना सेवा विकास बैंक लि.ले साउन १ देखि लागू हुनेगरी नयाँ ब्याजदर लागू गरेको छ । यो बैंकले बचतमा ५.५० प्रतिशतदेखि ८.५० प्रतिशत ब्याज दिने जनाएको छ ।
मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागत रुपमा ७.९९ प्रतिशत ब्याज तोकेको छ । सबै बैंकको ब्याज गत जेठ मसान्तसम्म १२.०६ प्रतिशत थियो । सो बैंकबाट कर्जा लिँदा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपिने जनाएछ ।
त्यस्तै, ज्योति विकास बैंक लि।ले बचतमा ५.५० देखि ७.५० प्रतिशत ब्याज दिने भएको छ । यश बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ १०.१० प्रतिशत र संस्थागततर्फ ८.१० प्रतिशत ब्याज तोकेको छ ।
बैंकको आधारदर जेठसम्म १२.३७ प्रतिशत रहेको थियो । सो बैंकबाट कर्जा लिँदा आधारदरमा बढीमा ५ प्रतिशतसम्म प्रिमियम थपिने भएको छ ।
त्यस्तै समस्यामा परेको सिन्धु विकास बैंक लि।ले साउन १ देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा ५.८० प्रतिशतदेखि ७.८० प्रतिशतसम्म ब्याज दिने भएको छ ।
मुद्दति निक्षेपमा व्यक्तितर्फ ११.३० प्रतिशत र संस्थागत रुपमा ८.३० प्रतिशत ब्याज दिने भएको छ । यो बैंकको गत जेठ मसान्तसम्मको आधारदर १२.८४ प्रतिशत थियो । कर्जा लिँदा ऋणीले आधारदरमा बढीमा ५ प्रतिशतसम्म प्रिमियम थप्नुपर्ने भएको छ ।
यस्तै कर्पोरेट डेभपमेन्ट बैंक लि.ले साउन १ देखि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत र संस्थागत ९ प्रतिशत ब्याज दिने जनाएको छ ।
बचतमा भने बैंकले ६ देखि ८.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । गत जेठ मसान्तसम्म बैंकको आधारदर १३.१८ प्रतिशत थियो । यो बैंकबाट कर्जा लिँदा ६.२५ प्रतिशतसम्म प्रिमियम थप तिर्नुपर्नेछ ।
लुम्बिनी विकास बैंक लि।ले साउन १ देखि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ११.१० प्रतिशत र संस्थागत ८.१० प्रतिशत सार्वजनिक गरेको छ ।
यो बैंकले बचत खातामा ६ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकको आधारदर १२.१८ प्रतिशत छ भने कर्जा लिँदा आधारदरमा ४.५ प्रतिशतसम्म प्रिमियम थपिने जनाएको छ ।
यसैगरि सांग्रिला डेभलपमेन्ट बैंक लि.ले पनि साउन १ देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
सो बैंकका अनुसार साउन १ बाट मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ११.१० प्रतिशत, संस्थागततर्फ ८.१० प्रतिशत प्राप्त हुने जनाएको छ । बैंकले बचतमा ५.५० देखि ८.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । गत जेठ मसान्तसम्म बैंकको आधारदर १२.१० प्रतिशत थियो ।
































