काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनैपनि बैंक तथा वित्तीय संस्थाले आधार दरमा दुई प्रतिशतभन्दा बढी प्रिमियम थपेर ब्याज लिए कारवाही हुने जनाएको छ ।
केन्द्रीय बैंकले २ करोड रुपैयाँसम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी उत्पादनमा आधारित उद्योग, हस्तकला लगायत व्यवसाय सञ्चालनका लागि उक्त ब्याजदर निर्धारण गरेको छ ।
तर, कतिपयले बढी ब्याज लिएर ऋण प्रवाह गरेको गुनासो आएपछि केन्द्रीय बैंकले सूचना नै जारी गरेर सचेत गराएको हो ।
२०७९ साउन १८ देखि लागू भएको यो निर्देशन विपरीत कसैले पनि बढी ब्याज लिएको पाइए केन्द्रीय बैंकलाई जानकारी गराउन भनेको छ ।