काठमाडौं । कुमारी बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई ऋणपत्र बिक्री गर्न निवेदन दिएको हो । यसमध्ये २० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ ।
बाँकी ३० लाख इकाई भने प्राइभेट प्लेसमेन्ट गरिने बैंकले जनाएको छ । कुमारीले ‘केबीएलएम डिबेन्चर २०९०’ निष्कासन गर्न लागेको हो । यसको अवधि १० वर्षको रहेको छ ।
बैंकले यस डिबेन्चरमा १० प्रतिशत वार्षिक ब्याजदर दिनेछ । कुमारी बैंकको डिबेन्चरमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।