प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रा.लि. बीच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रा.लि.का तर्फबाट महाप्रबन्धक सचिन अर्यालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार प्यारामाउण्ट मोटर्सद्धारा आयात गरिएको एम्जी मोडेल ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहकहरुले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिईएको बैंकले जनाएको छ ।