कामना सेवा विकास बैंक र मुस्ताङ्ग होटल सयपत्रीबीच मर्चेन्ट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र मुस्ताङ्ग होटल सयपत्री, बुटवलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले बुटवल स्थित होटलले प्रदान गर्ने  उत्कृष्ट सेवा  सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।