skip this prime bank skip

सानिमा फ्लेक्सी फण्डको अनलाइन कारोबार खुला

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सानिमा फ्लेक्सी फण्ड (खुलामुखी योजना) का इकाईहरूको अनलाइन कारोबार आजदेखि शुरु हुने भएको छ।

सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको उक्त खुलामुखी योजनाअन्तर्गत लगानीकर्ताले अब सानिमा क्यापिटलको कार्यालय, कम्पनीको वेबसाइट तथा अनलाइन पोर्टलमार्फत इकाई खरीद तथा बिक्री गर्न सक्नेछन्। साथै सानिमा बैंकका सम्पूर्ण शाखा तथा काउन्टरहरूबाट पनि यो सेवा उपलब्ध हुने जनाइएको छ।

यस योजनामा लगानीकर्तालाई ‘एसआईपी’ (सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान) मार्फत समेत लगानी गर्ने सुविधा दिइएको छ। सोअन्तर्गत न्यूनतम १ हजार रुपैयाँबाट नियमित लगानी शुरु गर्न सकिने व्यवस्था गरिएको छ।