आरबीबी म्युचुअल फन्ड–१ र २ को न्याभ र नाफा घट्यो

काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित २ वटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) अघिल्लो महिनाको तुलनामा घट्न पुगेको छ । यस्तै, यी फन्डको नाफा पनि फागुनको तुलनामा घटेको छ ।

जसमा ‘आरबीबी म्युचुअल फन्ड–१’ को चैत मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १९ पैसाले घटेर १० रुपैयाँ ८५ पैसा पुगेको छ । फागुनमा यसको न्याभ ११ रुपैयाँ ०४ पैसा रहेको थियो ।

चैत महिनासम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी भने बढेको छ । यसअवधिसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब ३ करोड ८० लाख रुपैयाँबाट बढेर १ अर्ब ७ करोड २२ लाख रुपैयाँ कायम भएको छ ।

चैत मसान्तसम्म आइपुग्दा यसको बैंक मौज्दातमा ७ करोड ९१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा फन्डले ६६ वटा सूचीकृत कम्पनीको सेयर खरिद गरेको छ । चैत मसान्तसम्ममा यो फन्ड १० करोड ७९ लाख रुपैयाँ नाफामा रहेको छ ।

अघिल्लो महिना फन्ड १३ करोड १२ लाख रुपैयाँ नाफामा रहेको थियो । यता, आरबीबी म्युचुअल फन्ड–२’ को पनि चैत महिनामा प्रतिइकाई खुद सम्पति मूल्य २२ पैसाले घटेर ११ रुपैयाँ १३ पैसा पुगेको छ । फागुनमा यसको न्याभ ११ रुपैयाँ ३५ पैसा रहेको थियो ।

चैत महिनासम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी भने बढेको छ । यसअवधिसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी ७५ करोड २७ लाख रुपैयाँबाट बढेर ७७ करोड ५० लाख रुपैयाँ भएको छ ।

चैत मसान्तसम्म आइपुग्दा यसको बैंक मौज्दातमा ६ करोड २४ लाख रुपैयाँ रहेको छ । यस अवधिमा फन्डले ४६ वटा सूचीकृत कम्पनीको सेयर खरिद गरेको छ ।

चैत मसान्तसम्ममा यो फन्ड ७ करोड ६९ लाख रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना फन्ड ९ करोड ५४ लाख रुपैयाँ नाफामा रहेको थियो ।