काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर सामाजिक सन्देशमुलक अभियान “लक्ष्मी सनराइज उत्सव” सार्वजनिक गरेको छ ।
नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाइ अझ व्यापक बनाउन लक्ष्मी सनराइज बैंकले यो क्याम्पेन सार्वजनिक गरेको हो ।
अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पु¥याउने बैंकको लक्ष्य रहेको छ ।