एनएमबि बैंकको ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ६९ हजार ७४६ कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

यसमा, एनएमबिकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र कम्पनी सचिवको कार्यालय, बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।