काठमाडौं । लक्ष्मी सनराइज बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त भएका हुन् ।
कम्पनी सचिव पियूष राज अर्यालका अनुसार असोज २७ गते बसेको बैंक सञ्चालक समितिको ३३०औँ बैठकले भट्टराईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको नियुक्ति आगामी कात्तिक १५ गतेदेखि लागु हुने कम्पनी सचिव अर्यालले जानकारी दिए ।































