काठमाडौं । महालक्ष्मी विकास बैंकले फोनपे क्युआर मार्फत भर्चुअल क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी प्राप्त गर्दा व्यापारिक मर्चेन्टलाई सेवा शुल्क लाग्ने भएको छ ।
बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि लागु हुने गरी २ हजार रुपैयाँभन्दा बढीको भुक्तानी प्राप्त गर्दा फोनपे नेटवर्क तथा बैंकद्वारा निर्धारण गरिएको व्यापारी छुट दर अनुसार शुल्क लाग्ने भएको हो ।
बैंकले महालक्ष्मी फोनपे क्युआर सेवा प्रयोग गरिरहेका व्यापारीहरुलाई सेवालाई निरन्तरता दिन नचाहेमा नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
































