skip this prime bank skip

नबिल बैंकका डिजिएम ज्ञवाली ‘एक्जिटो एक्सलेन्स अवार्ड’बाट सम्मानित

काठमाडौँ । नबिल बैंकको डेपुटी जनरल म्यानेजर (डीजीएम) तथा बैंकर मनोज ज्ञवाली एक्जिटो एक्सलेन्स अवार्ड २०२४ बाट सम्मानित भएका छन्।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरले ज्ञवालीलाई एक्जिटो एक्सलेन्स अवार्ड २०२४ अन्तर्गत बैंकिङ्ग लिडरसीप अवार्ड २०२४ बाट सम्मानित गरेकी हुन्।

ज्ञवालीले बैंकिङ्ग क्षेत्रमा राम्रो काम गरेको भन्दै बैंकिङ्ग लिडरसीप अवार्ड २०२४बाट सम्मान गरिएको जनाइएको छ। बैंकर ज्ञवाली नबिल बैंकको डीजीएममा २०७७ साउन २२ गते नियुक्त भएका हुन्।

त्यसअघि उनी ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ पदमा कार्यरत थिए। वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट समेत रहेका ज्ञवालीसँग बैंकिङ क्षेत्रमा राम्रो अनुभव रहेको छ।

करिब ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेका ज्ञवालीले करिव ८ वर्ष वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समुहमा कार्य गरेको, मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव संगालेका छन्।

त्यस्तै, उनको जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव तथा विकास बैंकमा २ वर्षमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ।