सिजि मोटर्सको विद्युतीय सवारी खरिदमा कामना सेवाले सुलभ ब्याजदरमा कर्जा दिने

काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिजि मोटर्स प्रा. लि. सँग सम्झौता गरेको छ ।

यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र सिजि मोटर्सको तर्फबाट कार्यकारी अधिकृत हेमन्त अग्रवालले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात सिजि मोटर्सका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।