काठमाडौं । भेस्पा तथा अप्रिलियाको नेपालका आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रा.लि.ले बालाजुस्थित भ्याली कोल्ड स्टोरको विपरीत, सानिमा बैंक नजिकैै नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
नयाँ सर्भिस सेन्टरले हिजो देखि आधिकारिक रूपमा सेवा प्रदान गर्न थालेको हो, जसले ग्राहकहरूलाई बिक्री पछिको सेवामा अझै सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीको भनाइ छ।
सर्भिस सेन्टरको उद्घाटन डेल्टा अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोद्वारा सम्पन्न भयो ।
यसबाट काठमाडौं उपत्यकाभरका भेस्पा तथा अप्रिलिया प्रयोगकर्ताहरूसम्म सेवाको पहुँच र सहजता विस्तार गर्ने कम्पनीको निरन्तर लक्ष्यमा अर्को महत्वपूर्ण उपलब्धि प्राप्त भएको बताइएको छ ।
आधुनिक उपकरण, उन्नत मेशिनरी तथा व्यावसायिक रूपमा प्रशिक्षित प्राविधिकहरूसहित सुसज्जित सो नयाँ बलाजु सर्भिस सेन्टरले ग्राहकहरूलाई प्रिमियम सर्भिसिङ, मर्मत, डायग्नोस्टिक सेवा तथा जेन्युइन स्पेयर पार्टस उपलब्ध गराउँदै विश्वसनीय र सहज अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ।
“बलाजुस्थित हाम्रो नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी अत्यन्त खुसी र गर्व महसुस गर्दैछौँ,” डेल्टा अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोले भने, “यस विस्तारले भेस्पा तथा अप्रिलियाप्रति हामीले व्यक्त गर्दै आएको प्रतिबद्धतालाई सार्थकता प्रदान गर्नुका साथै, हाम्रो सम्मानित ग्राहकहरूलाई अझ नजिकबाट उच्चस्तरीय सेवा र भरपर्दो समर्थन उपलब्ध गराउने हाम्रो प्रयासलाई थप मजबुत बनाएको छ।”
डेल्टा अटोकर्प प्रा.लि.ले सबै भेस्पा तथा अप्रिलिया चालकहरूलाई नयाँ सर्भिस सेन्टर, बलाजुमा स्वागत गर्दै, आरएस सर्भिस हब प्रालिमार्फत विश्वस्तरीय सेवा अनुभव लिन हार्दिक आमन्त्रण गरेको छ ।




























