काठमाडौं। एनआइसी एसिया बैंकले पुस महिनाको लागि ब्याजदर घटाएको छ । बैंकले आइतबार सूचना जारी गर्दै पुस महिनामा मुद्दति निक्षेपमा अधिकतम ८.६७% ब्याजदर दिने जनाएको छ ।
बैंकले २४ महिनादेखि १८० महिनाको लागि उक्त ब्याजदर निर्धारण गरेको हो ।मंसिर महिनामा बैंकको अधिकतम ८.९७% ब्याजदर दिंदै आएको छ ।
यो वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि दिएको ब्याजदरमध्ये सबैभन्दा न्यून ब्याजदर हो । यसले ३ देखि ७ महिनाको मुद्दति निक्षेपको ब्याजदर ७% निर्धारण गरेको छ ।






























