एनआइसी एसिया लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनआइसी एसिया लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सको लाभांश सुरक्षित गर्ने आज आइतबार मंसिर २४ गते अन्तिम दिन हो ।

दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि सोमबार मंसिर २५ बुक क्लोज गर्दैछ । तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ ।

एनआइसी एसिया लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई करसहित १५ % नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस ६ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

नेपाल हाइड्रो डेभलपर्सले गत वर्षको नाफाबाट ७५ बोनस सेयर र कर प्रयोजनको लागि ०.३७ % नगद लभांश गरि कुल ७.३७% लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस १२ गते साधारण सभा डाकेको छ । साधारण सभा लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।