skip this prime bank skip

१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गर्ने भएको छ। बैंकले यही साउन २९ गते ८ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो।

यस ऋणपत्र आज साउन २८ गते बोलकबोल मार्फत बिक्री गरिनेछ। यस ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्ने बैंकले जनाएको छ ।

यस ऋणपत्रको ब्याजदर पनि बोलकबोल मार्फत हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र २०८८ साउन २९ गते परिपक्व हुनेछ।