skip this prime bank skip

नबिल बैंकको १ लाख २५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नबिल बैंकको १ लाख २५ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।

निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। निवेदन काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।