सिटिजन लाइफ इन्स्योरेन्सले पायो त्रिपल बी रेटिङ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट त्रिपल बी रेटिङ पाएको छ।एजेन्सी इक्रा नेपालले कम्पनीलाई त्रिपल बी रेटिङ दिएको हो ।

यसअघि पनि तीनपटकसम्म निरन्तर त्रिपल बी इस्युअर रेटिङ कम्पनीले पाएको थियो । यो क्रमले यो बर्ष पनि निरन्तरता पाएको छ।

कम्पनीले आगामी दिनहरूमा पनि आफ्ना परिसूचकहरू अझै सशक्त बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाएको छ ।

कम्पनीको लगानी आम्दानी, नियन्त्रित आयोग र व्यय अनुपात, प्रिमियम सङ्कलनमा सुधार भएको जनाइएको छ ।