सन नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५२ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

पहिलो प्राथमिकता बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था अनुसार कम्पनीले ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीमा राखेको थियो ।

सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफुले किन्न चाहेको शेयर कित्ता खुलाई कम्पनीको कर्पोरेट कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

कम्पनीले तोकेको सो समय भित्र संस्थापक शेयरधनीहरुबाट कुनै आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने जनाएको छ ।