काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश छन्। यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।




























