काठमाडौं । युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावर र समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
युनाइटेडको २ लाख ३१ हजार कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । यसले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ५.५० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो ।
समत घरेलु लघुवित्तको २ लाख १३ हजार ७२०.७१ कित्ता बोनस सेयर सूचीकृत गरिएको छ । यस संस्थाले सेयरधनीलाई वितरण गरेको ५.४२ प्रतिशत बोनस सूचीकृत गरिएको हो ।
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
































