छाया देवी कम्प्लेक्सले ५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । छाया देवी कम्प्लेक्स लिमिटेडले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले कर सहित चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ६ करोड ४६ लाख ८७ हजार ५०० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक १३ गते दिउँसो १ बजे होटल एलफ्ट काठमाडौं ठमेलमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभाले सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।

यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

साधारण सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।