काठमाडौं । एनएलजी इन्स्योरेन्सको बिहीबार फागुन ३ गते १८ औं वार्षिक साधारण सभा बस्ने भएको छ ।
साधारण सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यस्तै, आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।
आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गरिसकेको छ ।
यसर्थ, माघ २४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।






























