काठमाडौं । कुमारी सबल योजनामा आवेदन दिने समय लम्बिएको छ । अब यसमा फागुन १३ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि यो फन्डमा पहिलो चरणमा फागसन २ गतेसम्म आवेदन दिन सकिने भनिएको थियो ।
तर, सो समयमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समय लम्बिएको हो । यता, कुमारी क्यापिटलले थप गरिएको समय अगावै मागभन्दा बढी आवेदन परेमा बन्द गरिने पनि जनाएको छ । कुमारी क्यापिटलले माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ ।
क्यापिटलले कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत विज पुँजी वापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ ।
त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यो बन्दमुखी योजना हो ।
न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन् ।