सन्सनिपूर्ण पेरिस ओलम्पिकको भव्य समापन, १२६ पदकसहित अमेरिका पहिलो र ९१ पदकसहित चीन दोस्रो

३३ औँ ओलम्पिक खेल समापन समारोहमा संगीतमय भएको थियो । खेल, स्क्रिन र संगीतका लहरले समापन समारोहलाई भव्य तुल्याएको थियो ।

अभिनेता टम क्रूज फ्रान्सको छानोबाट ओलम्पिक झन्डा संकलन गर्न झरे । जुन झण्डा अमेरिकी सहर लस एन्जलसलाई हस्तान्तरण गरियो । जहाँ सन् २०२८ मा अर्को ओलम्पिक हुनेछ ।

झण्डा हस्तान्तरण गरेसँगै अभिनेता टम मोटरसाइकलमा बाहिरीए । हेट हट चिल्ली पेप्पर, बिली आइलिस, स्नुप डाग र डा ड्रले पेरिसको वेनिसमा भव्य संगीत प्रस्तुत गरे । जसले ३३ औँ ओलम्पिक समारोहलाई भव्यपूर्वक सम्पन्नसम्म पुर्‍यायो ।

त्यसैगरी पेरिसको रंगशालाभित्र, स्वर्ण पदक विजेता एलेक्स यी र ब्रायोनी पेजले समारोहमा बेलायतको झण्डा लिएका थिए ।

यस ओलम्पिकमा ४० स्वर्ण, ४४ कास्य र ४२ रजतसहित अमेरिका १२६ पदक जितेर पहिलो स्थानमा रह्यो भने चीनले ४० स्वर्ण, २७ कास्य र २४ रजतसहित ९१ पदक जितेर दोस्रो स्थान हात पार्‍यो ।

यस ओलम्पिकमा बेलायतले १४ स्वर्ण, २२ कास्य र २९ रजतसहित ६५ पदक जितेर तेस्रो स्थानमा रह्यो भने आयोजक फ्रान्सले १६ स्वर्ण, २६ कास्य र २२ रजतसहित ६४ पदक जितेर चौथो स्थान प्राप्त गर्‍यो ।

यस भव्य समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस वाचले ओलम्पिक खेलका बारेमा आफ्नो धारणा राखेका थिए । यही वर्षको अगस्ट २८ देखि सेप्टेम्बरसम्म फ्रान्सको राधानी पेरिसमा प्यारा ओलम्पिक खेल हुनेछ ।