सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प सुरु

काठमाडौँ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बित्रेता सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले मनसुन क्याम्प सुरु गरेको छ ।

कम्पनीले आइतबारदेखि साउन २९ सम्म ‘मनसुन फ्री सर्भिस’ क्याम्प सुरु गरेको हो । लगातारको झरीका कारण सवारीसाधनमा असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सीजीले उक्त क्याम्प सुरु गरेको जनाएको छ ।

ग्राहकले सर्भिस क्याम्प अवधिभर गाडीको सर्भिसमा छुट तथा अफर पाउनेछन् । सर्भिस क्याम्पमा एसडीटी डायग्नोसिस र ह्विलएलाइनमेन्टमा ५०, लेबर चार्जमा २०, स्पेयर पार्ट्स र इन्जिन आयलमा १० प्रतिशतसम्म छुट पाउने कम्पनीले बताएको छ ।

सात जना ग्राहकले क्याम्पमा एक्सेसरिज प्याकेज हात पार्न सक्ने सीजीले जनाएको छ । सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी, हिटर र ब्याट्रीका साथै गाडीको सबै चेकअपको सुविधा पाउन सक्ने कम्पनीको भनाइ छ ।