आईपीओ ल्याउन अनुमति माग्दै डिस मिडिया नेटवर्क धितोपत्र बोर्डमा

काठमाडौं । डिस मिडिया नेटवर्कले आईपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा पुगेको छ। मिडियाले साउन १२ गते आईपीओ जारी गर्ने अनुमति माग्न सेबोन पुगेको हो।

कम्पनीले बोर्डमा १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँको आईपीओ माग गरेको छ। अर्थात कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ सर्वसाधारणलाई ल्याउने तयारी गरेको हो। डिस मिडियाको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।