काठमाडौँ। नेपाल धितोपत्र बोर्डले अपी पावर कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको छ। बोर्डले कम्पनीलाई चुक्तापुँजीको ४० प्रतिशत आईपीओ बिक्री खुला गर्ने अनुमति प्रदान गरेको हो।
अनुमति प्राप्त गरेसँगै अब कम्पनीले चुक्तापुँजीको ४० प्रतिशतले हुन आउने १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता आईपीओ बिक्री खुला गर्नेछ।
कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ।
कम्पनीले आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक र सर्वसाधारण आईपीओ बिक्री खुला गर्नेछ। यस आईपीओमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ।