बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि १० अर्ब तान्दै राष्ट्र बैंक

राष्ट्र बैंकले जारी गरेको ७ दिने अवधिको यस रिभर्स रिपो असार १४ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ ।

काठमाडौं । बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकले रिभर्स रिपो मार्फत बजारबाट आज बिहीबार (असार ७ गते) १० अर्ब रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा तान्न लागेको हो । कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ ।

सोही कारण तरलता सन्तुलन राख्न आज बिहीबार १० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्ने अवस्थामा केन्द्रीय बैंक पुगेको हो ।

राष्ट्र बैंकले जारी गरेको ७ दिने अवधिको यस रिभर्स रिपो असार १४ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ ।

राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले आज बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।

बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्ने गर्छ ।