एलिभेसन इनर्जी म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने

काठमाडौं । एलिभेसन इनर्जी म्यानेजमेन्ट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रस्ताव राखेर विशेष साधारण सभा बोलाएको छ। कम्पनीको सभा आउँदो जेठ २ गते त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ८ बजेदेखि शुरू हुने छ।

उक्त साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी पनि दिने छ।