आईएमईका सीईओ पौडेलले कार्यभार सम्हाले 

काठमाडौँ । आईएमई लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दिवाकर पौडेलले कार्यभार सम्हालेका छन् ।

मर्जरपछि आईएमई र जीएमई रेमिटले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेसँगै पौडेलले कार्यभार सम्हालेका हुन् ।

जीएमई रेमिटको स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका पौडेलसँग रेमिट्यान्स क्षेत्रमा २५ वर्ष काम गरेको अनुभव छ ।

जिम्मेवारी सम्हाल्दै पौडेलले प्रतिस्पर्धी बजारमा अझै स्तरीय तथा विस्तारित रेमिट्यान्स सेवा प्रदान गर्न थप योगदान दिने बताए ।

समग्र रेमिट्यान्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउँदै डिजिटल रूपान्तरणलाई थप तीव्रता दिने उनले बताए ।

डिजिटल रेमिट्यान्सको अवधारणालाई मुख्य प्राथमिकतामा राखेको र डिजिटल रेमिट्यान्स तर्फको रूपान्तरणले आईएमईको सेवालाई थप चुस्त र सुलभ बनाउने उनको प्रतिबद्धता छ ।