काठमाडौं । विगत लामो समय देखि प्लास्टिक पेट बोटल सहितको अन्य कबाडी सामानहरू वीरगञ्जको ईनर्वा नाकाबाट चोरी तस्करी भईरहेको समाचार विभिन्न संचार माध्यमहरूबाट सम्प्रेषण भएपछि रोकिएको छ ।
तर तस्करहरूले पर्सा जिल्लासँगै जोडिएको बारा जिल्लाको मटिअर्वा र बरैनिया नाकाबाट पुनस् तस्करी शुरू गरेका छन्।
वीरगञ्जको वासिम नाम गरेका कबाडी व्यापारीले प्लाष्टिक जन्य बोटल क्यारियरको काम गर्ने तस्कर मदर्सा मार्फत मासिक लाखौं रकम दिएर सिमामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई लाईन खुलाएका छन्। हाल बारा जिल्लाको मटिअर्वा नाकाका कमान्डर डिएसपी सुमन बोगटी मार्फत कबाडीको लाईन खुलेको स्रोतले बताएको छ।
राज्यलाई कबाडी तस्करहरूले कुनै पनि राजश्व बुझाउदैनन् तर विडम्बना नेपाल सरकारको नियम अनुसार स्थापित कवाडी प्रशोधन उद्योगहरू कबाडीजन्य कच्चापदार्थ नपाएर बन्द हुने अवस्थामा पुगेका छन।
छिमेकी मुलुक भारत निकासीमा निषेधित वस्तु चोरीपैठारी गराउन दिनु आफैमा गैरकानुनी कार्य वा तस्करी हो। नेपाल( भारत बीच आ(आफ्नो देशमा निस्किने कबाडी जन्य सामाग्री आ–आफ्नै देशमा व्यवस्थापन गर्ने दुई पक्षिय सम्झौता भएको छ।
यो सम्झौता विपरित कार्य गर्नु र गराउन राज्यको सुरक्षा सयन्त्रनै लाग्नु शकांस्पद रहेको छ। यसमा अविलम्ब नियमनकारी निकायले ध्यान दिन जरुरी रहेको स्रोतले बताएको छ।