काठमाडौं । सरकारले आगामी ३ वर्षभित्र बैंक खाता, स्थायी लेखा नम्बर (प्यान), जग्गाधनी प्रमाण पुर्जा, सवारी चालक लाइसेन्स जारी गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने भएको छ ।
यस्तै, आगामी एक वर्ष सरकारले हरेक नागरिकको राष्ट्रिय परिचयपत्रका लागि अभियान नै चलाउने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो विषय समावेश गरेको हो ।