काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजारका आधारमा गर्ने भएको छ ।
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षकोे नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थको मूल्य प्रणालीलाई अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार स्वतः समायोजन हुने व्यवस्था गरिने बताएको हो ।
यस्तै, पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार र न्यूनतम अवधिको भण्डारण निर्माणलाई निरन्तरता दिइने भएको छ ।