मोरङ । सुन्दरहरैचा नगरपालिका बिराटचोकमा रहेका २ वटा बैंकबाट खाताको पासवर्ड ह्याक गरी पैसा निकालेको अभियोगमा सोही ठाउँ बस्ने देबराज सिक्देललाई प्रहरीले पक्राउ गरेको छ ।
सुन्दरहरैचा नगरपालिका–४ दुलारीस्थित आरए भिजन एकाउन्टेन सोलुसन प्रा.लि. फर्मका एकाउन्टेन्ट समेत रहेका उनले सोही फर्मका संचालकको नबिल बैंक शाखा कार्यालय बिराटचोकमा रहेको बैंक खाताको पासवर्ड ह्राक गरी विभिन्न मितिमा २८ हजार १ सय रूपैयाँ र सोही फर्मका संचालकका काकाको माछापुच्छ्रे बैंक शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट बिभिन्न मितिमा ६६ हजार ८ सय रुपैयाँ निकालेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर ईलाका प्रहरी कार्यालय बेलवारीबाट थप अनुसन्धान भइरहेको छ ।