काठमाडौं । रोमानिय पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा विशाल विश्वकर्मालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विक समेतले ८ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाई प्रतिष्ठित कम्पनीहरुमा १ लाख रूपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी १८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं लाजिम्पाटबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।