दाङ । दाङमा भएको सवारी दुर्घटना भएको छ ।
दाङको देउखुरीमा आज बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार रोल्पा रुन्टीगढी- ७ निवासी ४३ बर्षीया शोभा परियारको घटनास्थलमा नै मृत्यु भएको हो ।
सो दुर्घटनामा परी दर्जनभन्दा बढी घाइते हुन पुगेका छन् ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका-३ फल्कापुरमा बिहान एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।
भालुवाङतर्फ जाँदै गरेका बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते हुन पुगेका छन् ।
दुई दर्जनभन्दा बढी घाइते भएको प्रहरीले ११ जनाको छ । घाइतेहरूलाई नेपालगञ्ज लगायतका स्थानमा थप उपचारका लागि पठाएको छ ।