फिल्म ‘हुक्का’ अग्रजसँग जोडिएको मनोविज्ञान हो – निर्देशक शम्भु थापा

फिल्म ‘हुक्का एन एब्सर्ड ड्रिम’

काठमाडौं । निर्देशक शम्भु थापाले फिल्म ‘हुक्का एन एब्सर्ड ड्रिम’ हाम्रा अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा बनेको बताए । अग्रजले हुक्का प्रयोग गरेको देखेपछि बच्चाले के कस्तो सपना देख्छ र त्यो पुरा गर्न के गर्छ ती विषयवस्तु फिल्ममा रहेको निर्देशक थापाको बताए।

‘हुक्का एउटा बच्चाले देख्ने सपनाको विभिन्न पाटोमा निर्माण भएको हो’, ‘फिल्मले अहिलेको समाजको प्रतिनिधित्व समेत गरेको छ ।’ हाम्रो धनसम्पती सुख सबै हाम्रो आँगनमै हुन्छ । त्यो कुल्चिएर हामी अन्त खोज्न भौँतारिने गरेको देखाउन खोजिएको उनले सुनाए । ‘यो एक व्यक्तिको सपना पनि हो । निर्देशक थापाले भने

फिल्मको विषयमा सामन्तवाद देखाउन खोजिएको भन्ने समेत हल्ला चलेको थियो । निर्देशक थापाले सामन्तवाद भन्दा पनि समाजको यर्थात विषय फिल्ममा पस्किएको स्पष्ट परे ।