काठमाडौं । आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतमा धेरै सक्रिय भएको मनसुन नेपालमा पनि धेरैतिर फैलिएको छ ।
मनसुन फैलिएकै कारण हिजोअस्तिको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
आज विशेषगरी आज कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।अबको तीन दिनसम्म नै देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।