काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्शले हालै सामाजिक उद्यमशीलतालाई बढावा दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको अन–क्याम्पस राउन्ड सम्पन्न गरेको छ ।
यस कार्यक्रमले नयाँ सामाजिक उद्यमशीलता अवधारणाहरू प्रयोग गरी विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न विद्यार्थी, उद्यमी र सल्लाहकारहरूको विविध समूहलाई एकसाथ लिएर आएको थियो ।
यस कार्यक्रमका, विजेता टोलीले आफ्नो सामाजिक उद्यम शुुरु गर्न र दिगो प्रभाव सिर्जना गर्न सीड फन्डिङ अन्तर्गत एक मिलियन प्राप्त गरेका छन् ।